२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

यू–१९ एसिया कप : पाकिस्तानबिरुद्ध नेपालले १५२ रन बनायो

यू–१९ एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानबिरुद्ध रन १५२ बनाएको छ।

यूएईमा भएको खेलमा टस हारेर  पहिला ब्याटिङ गर्दै नेपालले  ४७ दशमलब २ ओभरमा १५२ रन बनाउँदा सबै विकेट गुमाएको हो।

नेपालका लागि सबैभन्दा वढि  उत्तमथापा मगरले ५१ रन बनाए । उनले ७६ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाएका हुन।  

दिपेश कडेलले ५९ बलमा ३१ रन बनाए।त्यसैगरी कप्तान देव खनाल १३ बल खेल्दै शुन्य रनमा आउट हुदाँ आकाश त्रिपाठी ६ रनमा पोविलियन फर्किए।गुलसन झा समेत १ रनमा आउट भए।तिलक भण्डारीलाई ७ रनमा गुमाएको नेपालका लागि अर्जुन कुमाल २१ रन बनाएर आउट भएका छन्।

प्रतियोगितामा नेपाल समूह एमा छ।नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन्।समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन्।

प्रकाशित: २२ मंसिर २०८० ०९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App