१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने नेपाल तेस्रो मुलुक

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीमा नेपाल तेस्रो स्थानमा परेको छ। आइसीसी एसिया क्रिकेटले सन् २०२३ मा एकदिवसीय खेलमा जित हात पारेको टोलीको सार्वजनिक गरेको सूचीमा नेपालले १५ खेल जितेको छ। २२ खेल खेलेको नेपाल १५ खेलमा जितसहित तेस्रो स्थानमा परेको हो।

यस्तै आइसीसी एसिया क्रिकेटले सन् २०२३ मा एकदिवसीय खेलमा भारतले ३२ खेल खेलेकोमा २५ मा जित हात पारेको छ। भारत एकदिवसीय खेल जित्ने टोलीमा शिर्ष स्थानमा रहेको छ।

यस्तै श्रीलङ्काले ३१ खेलमा १६ मा जित हात पारेको छ। श्रीलङ्का १६ खेलमा जित हात पारेर दोस्रो स्थानमा रहेको छ भने २२ खेलेको दक्षिण अफ्रिकाले १५ मा जित हात पारेको छ र उ चौथो स्थानमा रहेको छ।

प्रकाशित: २० मंसिर २०८० ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App