२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

भारत, पाकिस्तानलाई हराउने लक्ष्य

आगामी शुक्रबारदेखि सुरु हुने यु–१९ एसिया कपमा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा छ। तर, नेपालको युवा टोलीले आगामी मंसिर २२ गतेदेखि सुरु हुने एसिसी यु–१९ एसिया कपको सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ।

नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान देव खनालले मंगलबार बिदाइ कार्यक्रममा टेस्ट राष्ट्रलाई हराउँदै समूहचरण पार गर्ने बताएका हुन्। समूह ‘ए’ मा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान छन्। नेपालबाहेक तीनै टोली यु–१९ एसिया कपको विजेता हुन्। भारत आठ पटकको विजेता हो भने पाकिस्तान र अफगानिस्तानले समान एक पटक उपाधि जितेका छन्।

कठिन समूहमा रहे पनि नेपाली युवा टोलीले दुई हप्ताको प्रशिक्षणबाट बलिया टेस्ट राष्ट्रलाई हराउने महŒवाकांक्षी लक्ष्य राखेको हो। कप्तान देव यसअघि पनि नेपालले भारतको यु–१९ टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहो¥याउन आतुर रहेको बताउँछन्। ‘सिनियर टोलीले राम्रो गरिहेको छ। हामी पनि एक एक खेलमा ध्यान दिएर अगाडि बढ्नेछौं,’ देवले भने।

यु–१९ एसिया कपमा मंसिर २२ देखि पुस १ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुँदै छ। यो एसिया कपको अर्को समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र युएई छन्। त्यसैले समूह ‘बी’ को तुलनामा समूह ‘ए’ नेपालजस्तो एसोसिएट राष्ट्रका लागि निकै चुनौतीपूर्ण हो। यद्यपि, यो उमेर समूहमा भारतलाई हराएको इतिहास रहेकाले पनि नेपाली युवा टोली उच्च आत्मबलका साथ एसिया कपको यात्रा थाल्दै छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार आयोजना गरेको बिदाइ कार्यक्रममा नेपाली टोलीका कप्तान देवसँगै प्रशिक्षक जगत टमाटाले बिनादबाब राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेका छन्। प्रशिक्षक टमाटाले सिनियर टोलीबाट राम्रो खेलेका गुल्सन झा पनि टोलीमा समावेश रहनुले युवा टोली थप उत्साहित भएको बताए।

प्रकाशित: २० मंसिर २०८० ०१:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App