१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

करातेको रेफ्री र कोच सेमिनार सुरु

नेपाल कराते महासंघको आयोजनामा एसियाली कराते महासंघ (एकेएफ) रेफ्री तथा कोच सेमिनार बुधबारदेखि सुरु भएको छ।

सेमिनारमा नेपाल, बंगलादेश, पाकिस्तान, भारत र श्रीलंका गरी ५ राष्ट्रको सहभागिता रहेको मिडिया संयोजक एवं आठौं दक्षिण एसियाली खेलकुदअन्तर्गत करातेका स्वर्ण विजेता रवि महर्जनले जनाएका छन्।

सेमिनारमा नेपालबाट ८०, बंगलादेशबाट २६, पाकिस्तानबाट १, भारतबाट ४० र श्रीलंकाबाट ११ जना सहभागी छन्।

सेमिनार एकेएफअन्तर्गत रेफ्री कमिसनका अध्यक्ष मन्सुर अल सुल्तान, सचिव माइकल हुवाङ तथा सदस्य अस्कर एवं जाबर तथा नेपाल कराते महासंघअन्तर्गत रेफ्री कमिसनका संयोजक प्रकाशमोहन धौभडेलले सञ्चालन गरिरहेका छन्।

प्रकाशित: १४ मंसिर २०८० ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App