५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक लामा सम्मानित

राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन्।शुभ दीपावली तथा नेपाल सम्वत् ११४४ को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पशुपति देवपाटनको पशुपति सिर्जनशील युवा क्लबले लामालाई आज मंगलबार सम्मान गरेको हो।

क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक सुमन डंगोल, काठमाडौं क्षेत्र नं ४ का सांसद गगनकुमार थापा, बागमती प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्री र काठमाडौं महानगरपालिका वडा नम्बर ८ अध्यक्ष आशामान संगत लगायतले राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक लामालाई सम्मान गरेका हुन्।

गत अक्टोबर २२ देखि २८ तारिखसम्म चीनको हाङचाओमा भएको चौथो एसियाली पारा खेलकुदमा लामाको प्रशिक्षणमा नेपालले ऐतिहासिक पदक जितेको थियो।तेक्वान्दोको के–४४ विधाको महिला ५७ केजीमुनिको तौल समूहमा पलेशा गोवद्र्धनले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । नेपाल र सम्पूर्ण नेपालीको नाम र इज्जत उच्च पार्न प्रशिक्षकको भूमिकामा उनले पु¥याएको योगदानको कदर गर्दै क्लबले सम्मान गरेको हो।

प्रशिक्षकका रुपमा लामाले विभिन्न अन्तर्राष्ट्रिय पारा प्रतियोगितामा नेपाललाई ९ वटा पदक दिलाइसकेका छन्।

अन्तर्राष्ट्रिय लेभल–२ प्रशिक्षक लामाको प्रशिक्षणमा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य पदक जितेको छ।पलेशाले एक स्वर्ण र १ कांस्य, सिर्जना घिसिङले १ स्वर्ण र २ रजत, रञ्जना धामीले २ कांस्य तथा विक्रम श्रेष्ठ र विशाल गर्बुजाले समान १–१ कांस्य पदक जितेका छन्।पलेशाले टोकियो पारा ओलम्पिकमा दुई ‘बाउट’ जितेर इतिहास रचेका बेला पनि लामा प्रशिक्षक थिए।लामाले विगत आठ वर्षदेखि स्वयंमसेवक प्रशिक्षकका रुपमा पारा खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन्।

सोही कार्यक्रममा नेपाली राष्ट्रिय पौडी खेलाडी अदिप्शा वैद्यलाई पनि सम्मान गरिएको थियो।सन् २०१९ मा हंगेरीको बुढापेस्टमा आयोजना भएको जुनियर वल्र्ड च्याम्पियनसिपमा सहभागिता जनाएकी उनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

नेपालमै आयोजना भएको१३औं दक्षिण एसियाली खेलकुदमा समेत प्रतिस्पर्धा गरेकी वैद्यले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् ।

प्रकाशित: २८ कार्तिक २०८० १४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App