१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

झगडालु स्वभावले सँधै विवादमा, ‘शाकिब अल हसन’

हरेक क्षेत्रमा केही नाम हुन्छन्, जुन पटक–पटक चर्चामा आइरहेका हुन्छन्। तीमध्ये केही सकारात्मक काम र व्यवहारबाट चर्चित हुन्छन् भने केही आफ्ना नकारात्मक व्यवहार र प्रवृत्तिबाट विवादीत हुन्छन्। 

अन्तर्राष्ट्रिय क्रिकेट जगतमा एउटा यस्तो नाम छ, जो सँधै आफ्ना नराम्रा र अशोभनिय व्यवहारबाट विवादमा आइरहन्छ। त्यो नाम हो, बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीका कप्तान, शाकिब अल हसन। आफू संलग्न कुनैपनि प्रतिस्पर्धा वा खेलमा विवादित व्यवहार प्रर्दशन गरेकै कारण उनी आलोचित हुने गर्छन्। चाहे त्यो एम्पाएरसँग होस, दर्शकसँग होस वा विपक्षी खेलाडीहरूसँग। उनका व्यवहार र प्रवृत्ति क्रिकेट क्षेत्रका लागि सँधै विवादित विषय बन्ने गरेको छ।  

व्यवहार र प्रवृत्तिले गर्दा उनी भित्रको क्षमता समेत बेलाबेलामा धरापमा पर्ने गरेको छ। त्यसो त उनी आफ्नो टिमका कप्तान त हुन नै त्यसैमा अलराउन्डर खेलाडी पनि हुन्। उनले सन् २००७ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका हुन। पहिलो खेल हसनले भारतविरुद्घ खेलेका थिए। अहिलेसम्म उनले ७५३ विकेट र १४ शतक बनाइसकेका छन्। जुन सुकै अवस्थामा खेल्न सक्ने हसनको बलिङ र ब्याटिङ दुवै पक्ष राम्रो मानिन्छ। यसका बावजुद पनि उनी आफ्ना फ्यान र समर्थकका नजरमा झगडालु मानिन्छ जसले गर्दा उनले आलोचना सहनु परेको छ।  

उनको पछिल्लो घटना हाल भारतमा जारी विश्वकप क्रिकेटकै छ। जारी विश्वकप क्रिकेटमा गत नोभेम्बर ६ मा दिल्लीमा भएको बङ्गलादेश र श्रीलङ्काबीचको खेलमा हसनले श्रीलङ्काका पूर्व कप्तान एन्जेलो म्याथ्युजलाई ‘टाइम आउट’ गर्न एम्पाएरलाई अपिल गरे। म्याथ्युजले निहुरेर क्रिजमा कोरिएको सेतो धर्को छोएका थिए र आफ्नो हात निधारमा राखेका थिए।  त्यसपछि उनले आफ्नो हेलमेटको पट्टा ताने र त्यसमा केही समस्या भएपनि उनी फर्किएर अर्को हेल्मेटका लागि आफ्नो साथीलाई इशारा गर्दै थिए। यत्तिकैमा हसनले ‘टाइम आउट’ को अपिल गरेर म्याथ्युजलाई आउट गराइछाडे।  

खेल जितेपछि कप्तान शाकिबले भने, ‘यो दूर्भाग्यपूर्ण भयो। तरपनि कानुनी कदम हो।’ उनको यो अपिल पछिल्लो विवादित निर्णय थियो। यसको खेल जतमा सर्वत्र आलोचना भएको थियो। यो खेल दिल्लीको अरुण जेटली स्टेडियममा भएको थियो। बङ्गलादेशले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।  

यसैगरी आफ्नै व्यवहारका कारण श्रीलङ्का विरुद्घको अर्को खेलमा शकिब तीन वटा एकदिवसीय खेलमा प्रतिबन्ध र तीन लाख बङ्गलादेशी टका जरिवाना तिरेका थिए। सन् २०१४ मा ढाकामै श्रीलंका विरुद्घ खेल्ला उनले यो सजाय भोग्नु परेको थियो।  

यो खेलमा शाकिब २४ रन बनाएर आउट भए। टेलिभिजनका कमेन्टेटरले निकै बेर उनको विकेटको चर्चा गरे। यही चर्चासँगै टिभी क्यामेरा प्याभिलियनमा बसेका शकिबलाई पछ्याउँदै उनको नजिक पुगेपछि उनले त्यसलार्य अभद्र इशारा गरे जुन टिभिले लाइभ देखाइरहेको थियो। स्टेडियममा बसेका दर्शकले पनि उनको इशारा प्रत्यक्ष रुपमा देखे। त्यही इशाराका कारण उनले धेरै आलोचना त खेप्नुपर्‍र्यो ने खेलमा प्रतिबन्ध र जरिवाना समेत तिर्नुपर्‍यो।  

उनी संलग्न सन् २०१० को बङ्गलादेश र न्यूजील्यान्डबीचको खेलमा शाकिब विवादमा आएका थिए। हसनमाथि ‘ग्राउड’ का कर्मचारीलाई ब्याटले धम्की दिएको आरोप लागेको थियो। यीबाहेक विगतका अन्य खेलहरुमा पनि उनी विवादमा आएका छन्।  

यस्तै घटना सन् २०१४ मा भएको थियो। आफ्नो श्रीमतीलाई स्टेडियममा नराम्रो व्यवहार प्रर्दशन गर्ने व्यक्तिलाई आक्रमण गरेको आरोप पनि लागेको थियो। यो घटना भारत र बङ्गलादेशबीच ‘शेर–ए–बङ्ग्ला’ नेशनल स्टेडियममा भएको थियो। बर्षाका कारण खेल रोकिएको बेलामा यो घटना भएको थियो।

जारी खेलबाट शाकिब बाहिरिएका छन्। उनको औँला भाँचिएका कारण अबको प्रतियोगिता खेल्न नपाउने भएका छन्।

प्रकाशित: २४ कार्तिक २०८० ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App