२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

आर्मी र चर्च ब्वाइजबीच उपाधि भिडन्त

मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र चर्च व्वाइज क्लब भिड्दै छन्। कोहलपुरस्थित तेह्र बिघा मैदानमा बुधबार फाइनल खेल हुनेछ। प्रतियोगिताका खेल संयोजक रामबहादुर मल्लका अनुसार फाइनल खेल बुधबार दिउँसो २ः३० बजे सुरु हुनेछ।

फाइनल खेलको पूर्वसन्ध्यामा दुवै टोलीले उपाधि जित्ने दाबी गरे। आर्मीका कप्तान भरत खवासले मुख्यमन्त्री कोहलपुर गोल्डकप उपाधिका लागि आनो टोली कडा रूपमा प्रस्तुत हुने बताए।

आफ्नो टोलीमा दुई जना राष्ट्रिय र अन्य स्थानीय खेलाडी भएकाले उपाधि हात पार्नेमा आशावादी रहेको सुनाए। चर्च ब्वाइजका कप्तान विकु राई पनि उपाधि हात पार्नेमा ढुक्क देखिन्छन्। आफ्नो टिममा युवा खेलाडी रहेको र सबै एउटै उमेर समूहका रहेको बताउँदै फाइनलमा सोचेजस्तो खेल प्रदर्शन हुने विश्वास गरे।

प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मीले दुधौली स्पोर्ट्स क्लब सिन्धुलीलाई ४–१ ले पराजित गर्दै फाइनल पुगेको थियो। यस्तै चर्च ब्वाइज युनाइटेडले गोर्खा ब्वाइजलाई ३–० ले पराजित गरेर फाइनल यात्रा निश्चित गरेको थियो।

उक्त प्रतियोगितामा विभिन्न ८ टोलीले सहभागिता जनाएका थिए। प्रतियोगिताका विजेताले नगद ८ लाख र उपविजेताले नगद ४ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक रेसिङ सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए। कोहलपुरमा गत वर्षबाट गोल्ड कप आयोजना गरिएकाे हाे।

प्रकाशित: २२ कार्तिक २०८० ०२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App