२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

बुढीगंगामा मेयर कप भलिबल जारी

खेल उद्घाटन गर्दै एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा ।

बुढीगंगा नगरपालिकामा सर्वाधिक धनराशिको प्रथम मेयर कप भलिबल प्रतियोगिता जारी छ। 

अन्तर पालिका स्तरीय खुला भलिबल कात्तिक १९ बाट सुरु गरिएको हो। स्थानीय तह निर्वाभन २०७९ पछि पहिलो पटक बुढीगंगा नगरपालिकाले प्रथम खुला मेयर कप खुला भलिबलको आयोजना गरेको हो।

नेकपा एमाले स्थायी कमिटी सदस्य, खेलकुद विभाग प्रमुख एवं पूर्व मन्त्री कर्णबहादुर थापाले प्रतियोगिताको उद्घाटन गरेका हुन्। खेल क्षेत्रको विकास, युवा शक्तिको खेल तर्फको आकर्षण बढाउन र अन्तर पालिकाबिचको आन्तरिक सहकार्य, समन्वय मित्रवत् बनाउन मेयर कप आयोजना गरिएको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन्।

मेयर कपमा कंचनपुर, बैतडी, अछाम, डोटी र बाजुराका गरी १६ टिम सहभागी छन्। पालिका भित्रकै खेलाडी हुनु पर्ने र पालिका कार्यालय सिफारिस अनिवार्य हुने मापदण्ड राखिएको थियो। खेल बुढीगंगा नगरपालिका स्थित बडीमालिका क्याम्पस फालासैनमा जारी छ।

प्रतियोगितामा विजेताले १ लाख ५७ हजार ७ सय ७७, द्वितीय स्थान ल्याउनेले १ लाख ७ हजार ७ सय ७७ र तृतीय पुरस्कार ५७ हजार ७ सय ७७ राखिएको छ। यो पहाडी जिल्लामा पालिकाले आयोजना गरेको प्रतियोगिता मध्ये सर्वाधिक धनराशि हो।

बाजुरामा पछिल्लो समय खेलकुदको व्यापक विकास भएको देखिन्छ। सर्वाधिक धनराशिको पाँचौँ छेडेदक कप फुटबल प्रतियोगिता सकिएको पछिल्लो दिन साइनिग स्टार कप फुटबल कोल्टीमा जारी छ। त्यसको पछिल्लो दिन १९ गतेबाट बुढीगंगा नगरपालिकाले मेयर कप सुरु गरेको हो।

दसैँ तिहारसँगै बाजुरामा खेलकुदका गतिविधि व्यापक हुने गरेका छन्। मेयर कपको उद्घाटन खेल राजनीतिक दल र जनप्रतिनिधिबिच गरिएको थियो। खेल २३ गतेसम्म चल्नेछ।

प्रकाशित: २० कार्तिक २०८० ०९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App