१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

‘अपराजित भारतलाई बलियो चुनौती दिन्छौं’

दक्षिण अफ्रिकाका टेम्बा बभुमाले विश्वकपमा एक पटक फेरि निराश हुन नदिन लयमा रहेको आफ्नो टोली कोलकातामा आइतबार अपराजित भारतसँग स्तब्ध नहुने प्रतिक्रिया दिएका छन्।

दक्षिण अफ्रिकाले एकदिवसीय विश्वकपको ट्रफी अहिलेसम्म उचाल्न सकेको छैन। उत्कृष्ट लयमा हुँदा पनि दक्षिण अफ्रिकाले विश्वकप जित्न नसकेका कयौं इतिहास छन्। सन् १९९९ को विश्वकपको सेमिफाइनलमा अस्ट्रेलियासँग ‘टाई’ भए पनि दक्षिण अफ्रिका बाहिरिनुपरेको थियो। सन् २००३ को विश्वकपमा पनि वर्षाले गर्दा दक्षिण अफ्रिका अभागी साबित भयो।

सन् २०१५ को विश्वकपमा पनि अन्तिम चारको खेलमा अन्तिम बलमा पुगेर न्युजिल्यान्डसँग डिएल मेथडका आधारमा पराजित हुन पुग्यो। त्यस किसिमका हार हुनु दक्षिण अफ्रिकालाई दबाब खेप्न नसक्ने टोलीको रूपमा चित्रित गरिँदै आएको छ।

यसै विश्वकपको सुरुआतमा पनि नेदरल्यान्ड्ससँग पराजित भएपछि दक्षिण अफ्रिकी टोलीको धेरै आलोचना भएको थियो। तर, जारी विश्वकपमा अहिलेसम्म दक्षिण अफ्रिकाले त्यो एक मात्र हार सामना गरेको छ। त्यसपछि पाकिस्तानमाथि एक विकेटको जित निकाल्दै दक्षिण अफ्रिकाले आफ्नो पुराना खराब शैलीलाई बिर्सिएको अनुभूति दिएको छ।

आइतबार भारतविरुद्धको जितले दक्षिण अफ्रिकालाई सेमिफाइनलसम्म पुर्‍याउनेछ। ‘यदि हामी आइतबार हार्‍यौं भने पनि त्यो हाम्रो पुरानो खराब शैलीका नहुन सक्छ,’ दक्षिण अफ्रिकाका कप्तान बभुमाले शनिबारको पत्रकार सम्मेलनमा भने।

उनले भारतसँग खेल्दा गल्ती गर्ने टोलीले हार बेहोर्ने पनि बताए। ‘भारत र हामी दुवै लयबाट एकअर्कासँग प्रतिस्पर्धा गर्दै छौं। त्यसैले दुईमध्ये एक कोही हार्छ भने त्यो आफ्ना केही गल्तीका कारण हुनेछ,’ ३३ वर्षे बभुमाले भने,‘विश्वकप जस्तो प्रतिस्पर्धामा केही दबाब पक्का हुन्छ। किनक हामीलाई त्यो अंक आवश्यक छ। तर, हामी आफ्नो उत्कृष्ट दिनेछौं।’

भारतले यसअघिको खेलमा श्रीलंकालाई ५५ रनमा अलआउट गरेको थियो। त्यस क्रममा भारतका जसप्रीत बुमराह, मोहम्मद सिराज र मोहम्मद सामीले उत्कृष्ट बलिङ गर्दै मुम्बईको वाङ्खडे स्टेडियममा श्रीलंकालाई निरीह बन्न बाध्य पारेका थिए।

‘भारतसँग विश्वस्तरीय बलिङ आक्रमण छ। उनीहरूलाई यहाँको कन्डिसनबारे पनि राम्रोसँग जानकारी छ,’ उनले भने, ‘त्यसैले दक्षिण अफ्रिकाले धेरै खराब बल नपाउन सक्छ। बुमराह, सामी र सिराजले जति बेला पनि खेललाई एकपक्षीय बनाउन सक्छन्। त्यसैले धैर्यपूर्वक आफ्नो खेल देखाउनुपर्छ।’

दक्षिण अफ्रिकाका क्विन्टन डी कक जारी विश्वकपमा सर्वाधिक रनकर्ता हुन्। उनले सात खेलबाट चार शतकसहित ५४५ रन बटुलेका छन्। त्यसमध्ये उनले ७८ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका छन्। दक्षिण अफ्रिकाका धेरै ब्याटर लयमा रहँदा बभुमा भने खराब लयबाट गुज्रिएका छन्। उनले पाँच इनिङमा १११ रन मात्र जोडेका छन्। त्यसमध्ये उनको सर्वाधिक व्यक्तिगत स्कोर ३५ रन हो।  

प्रकाशित: १९ कार्तिक २०८० ०४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App