२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

मुख्यमन्त्री कोहलपुर गोल्ड कप: चर्च व्वाईज फाइलनमा

प्रतियोगिता अन्र्तगत शुक्रबार प्रतिस्पर्धा गर्दै गोर्खा व्वाईज र चर्च व्वाईज यूनाईटेडका खेलाडी।

गोर्खा व्वाईजलाई ३–० ले हराउँदै चर्च व्वाईज यूनाईटेड ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । कोहलपुरस्थित तेह्र विघा मैदानमा शुक्रबार भएको खेलमा चर्च व्वाईजका खेलाडी सुशान श्रेष्ठले ३६ औं मिनेटमा गोल गरेर खाता खोलेका थिए।  

त्यसपछि विशाल बस्नेतले ४७ औं र आरुज सिंहले ७६ औं मिनेटमा गोल गरेर टिमलाई जित दिलाए । खेल अवधिभर गोर्खा व्वाईजका खेलाडीले धेरै पटक गोल हान्ने मौका गुमाए।शुक्रबारको खेलमा चर्च व्वाईजका खेलाडी विशाल बस्नेत म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे।  

चर्च व्वाईजले उद्घाटन खेलमा आयोजक रेसिङ साहारा क्लबलाई पराजित गरेको थियो।यस्तै गोर्खा व्वाईजले बिहीबार सुदुरपश्चिम–११ लाई पराजित गरेर सेमिफाईनल यात्रा तय गरेको थियो।  

प्रतियोगितामा शनिबार त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं र वि.एफ.सी. चितवन क्लब चितवन बीच खेल हुने आयोजक रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए।यही कात्तिक २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ८ टिम सहभागी छन् । प्रतियोगिताका विजेता टिमले ८ लाख र उपविजेताले नगद ४ लाख, ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । गतवर्षबाट कोहलपुरमा गोल्डकप सुरु गरिएको हो।  

प्रकाशित: १७ कार्तिक २०८० १४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App