१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

कोहलपुर गोल्ड कप: सुदुरपश्चिम–११ लाई गोर्खा व्वाईजले हरायो

मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्र्तगत सुदरपश्चिम–११ र गोर्खा व्वाईज स्पोट्स क्लबबीच भएको खेल।तस्बिर: नागरिक

सुदरपश्चिम–११ धनगढीलाई १–० गोलले हराउँदै गोर्खा व्वाईज स्पोट्स क्लब बुटवलले मुख्यमन्त्री कोहलपुर गोल्ड कपमा विजयी सुरुवात गरेको छ। कोहलपुरस्थित तेह्र विघामा बुधबारदेखि सुरु भएकोे प्रतियोगिता अन्र्तगत बिहीबार भएको खेलमा सुदरपश्चिम–११ लाई गोर्खा व्वाईज स्पोर्ट क्लबले पराजित गर्यो।  

खेल सुरु भएको पाँच मिनेटमै दुई पटक कर्नर पाएको गोर्खा व्वाइजले ४५ औं मिनेटमा शक्ति राईको मद्धतले गोल गरेको थियो । उनले गरेको गोल नै अन्ततः जितका लागि निर्णायक बन्यो । खेल अवधिभर सुदुरपश्चिम–११ लाई गोर्खा व्वाइजले निकै दवावमा राख्यो।  

बिहीबारको खेलमा गोर्खा व्वाईजका सहदेव केसी म्यान अफ द म्याच घोषित भए।घोषित भएसँगै उनले नगद ५ हजार प्राप्त गरे ।  विजयी सुरुवात गरेसँगै गोर्खा व्वाईजले चर्च व्वाईज यूनाईटेडसँगको सेमिफाईनल भेट पक्का गरेको छ । यसअघि बुधबार उद्घाटन खेलमा आयोजक रेसिङ साहारा क्लब कोहलपुरलाई पराजित गर्दै चर्च व्वाईजले विजयी सुरुवात गरेको थियो।  

आयोजक संस्था रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीका अनुसार शुक्रबार सेमिफाइनलका लागि चर्च व्वाईज यूनाईटेड र गोर्खा व्वाईज स्पोट्स क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगितामा कुल ८ वटा टिम सहभागी भएका छन् । गोल्डकपको उपाधि जित्नेलाई नगद ८ लाख र उपविजेतालाई नगद ४ लाख सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०८० १५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App