२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

मुख्यमन्त्री कोहलपुर गोल्ड कप :उद्घाटन खेलमै आयोजक बाहिरियो

गोल्डकपको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै रेसिङ सहारा क्लब कोहलपुर र ए.पि.पावर चर्च व्वाईज यूनाईटेड काठमाडौंका खेलाडी।तस्बिर:अर्जुन ओली/नागरिक

‘रेसिङ सहाराक्लब’ कोहलपुर बाँके उद्घाटन खेलबाटै बाहिरिएको छ।‘ए.पी.पावर चर्च व्वाईज यूनाईटेड’ काठमाडौंसँग पेनाल्टी सुट आउटमा पराजित भएसँगै आयोजक रेसिङ सहारा क्लब बाहिरिएको हो।निर्धारित समयमा दुवै पक्षबाट गोल रहित बराबरीमा टुंगिएको थियो। 

त्यसपछि पेनाल्टी सुट आउटमा ए.पी.पावर चर्च व्वाईज यूनाईटेडले अन्ततः ‘रेसिङ सहारालाई ५–४ गोलले पराजित गर्यो । निकै प्रतिस्पर्धात्मक उक्त खेलमा दुवै पक्षले गोल गर्ने अवसर गुमाउन पुगेका थिए । रेसिङ सहाराका तर्फबाट खेलेका तीन जना विदेशी खेलाडी खेलेका थिए। 

प्रतियोगिता अन्तर्गत बिहीबार गोर्खा व्वाईज स्पोर्ट्स क्लब बुटवल र सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब धनगढीबिच प्रतिस्पर्धा हुने खेल संयोजक रामबहादुर मल्लले जानकारी दिएका छन्। 

गतवर्ष पहिलो पटक आयोजना गरिएको गोल्ड कपको उपाधी  एफसी क्लब क्यामरुनले हात पारेको थियो।ब्वाईज युनियन क्लब काठमाण्डौंलाई पराजित गरेको एफसीले नगद ७ लाख प्राप्त गरेको थियो । प्रतियोगिता ‘नकआउट’ प्रणालीका आधारमा खेलाइएको छ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारासहित सञ्चालन भएको प्रतियोगिता यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । रेसिङ सहारा क्लब कोहलपुरले आयोजना गरेको उक्त प्रतियोगितामा विदेशी, विभागीय क्लबसहित ८ वटा क्लब सहभागी भएका छन्।

गोल्डकप उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ।

उक्त प्रतियोगिताका विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख नगद,  ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए । फुटबल अवलोकनका लागि अस्थायी प्यारापिट र पर्खाल निर्माण गरिएको छ।खेल अवलोकन गर्ने दर्शकका लागि आयोजकले यसपटक भने टिकट व्यवस्था गरिएको छ।

कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित तेह्र विघा मैदानमा बुधवार देखी  सञ्चालनमा आएको मुख्यमन्त्री कोहलपुर गोल्ड कप खेलकुद प्रतियोगिताको प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका थिए। 

प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले यस्ता प्रतियोगिताले खेलकुद क्षेत्रको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरे । मुख्यमन्त्री कोहलपुर गोल्ड कपलाई स्थापित गर्न लुम्बिनी प्रदेश सरकारले आगामी वर्ष पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए। 

सो क्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई लगायतले पनि सम्बोधन गरेका थिए।

प्रकाशित: १५ कार्तिक २०८० १४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App