२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

आइसीसी टी–२०ः नेपाललाई पहिलोलगत्तै दोस्रो सफलता

आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मंगलबार भइरहेको खेलमा नेपाललाई दोस्रो सफलता हात परेको छ।

आक्रामक रुपमा व्याटिङ सुरु गरेको मलेसियाका दुई ब्याट्म्यान आउट भएपछि नेपाललाई केही राहत मिलेको छ। 

मलेसियाका अहमद फैज आउट भएका हुन्। उनलाई आसिफ शेखले रन आउट गरेका हुन्। यसअघि अविनाश बोहराको बलमा मलेसियाका जुवैदी आउट भएका थिए। उनलाई कुशल मल्लले क्याच आउट गरेका हुन्।  

मलेसियाले ८ ओभरमा ७० रन बनाएर २ विकेट गुमाएको छ। मलेसियाले टस जितेर ब्याटिङ रोजेको हो। यो खेल जित्ने टिम सेमिफानलमा पुग्ने छ।

प्रकाशित: १४ कार्तिक २०८० ०८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App