१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः ओमानले सिङ्गापुरलाई हरायो

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगितामा ओमानले सिङ्गापुरलाई हराएको छ। किर्तिपुर क्रिकट मैदानमाआज सम्पन्न खेलमा ओमानले सिङ्गापुरलाई २२ रनबाट हराएको हो।

यस ओमानले पहिला व्याटिङ गर्दै निर्धारीत २० ओभरमा ६ विकेटको नोक्सानीमा १७४ रन बनाएको थियो । जवाफमा सिङ्गापुरले २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनायो र खेल २२ रनले हार्न पुग्यो ।  

यस अघि ओमानले हिजो मलेसियालाई ३२ रनले हराएको थियो । सिङ्गापुर भने नेपालसंग ८ विकेटले पराजित भएको थियो।

समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान र सिङ्गापुर रहेका छन् भने समूह ‘बी’ मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन्। दुवै समूहबाट  शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने टोली  सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

प्रकाशित: १४ कार्तिक २०८० ०७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App