१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

मेस्सीले बालोन डीओर अवार्ड आठौंं पटक जिते

अर्जेन्टीनी खेलाडी लियोनल मेस्सीले कीर्तिमानी आठौंं पटक बालोन डी ओरको अवार्ड हात पारेका छन्।

इग्लीस क्लब म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालाण्डलाई पछि पार्दै मेस्सीले अवार्ड हात पारेका हुन् । अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका मेस्सीले करियरको आठौं बालोन डी ओर हात पारेका हुन् ।मेस्सीपछि रोनाल्डोले सर्वाधिक ५ पटक यो अवार्ड जितेका छन्।

पेरिसमा गएराती फुटबल लिजेण्ड डेभिड बेकह्यामले मेस्सीलाई अवार्ड हस्तान्तरण गरेका हुन। सन् २०२२ को विश्वकपको उपाधि यात्रामा मेस्सीले सबै नकआउट म्याचमा गोल गरेका थिए।

क्लब फुटबलमा पीएसजीलाई लिग वान जिताउन १६ गोल र १६ गोलको अवसर सिर्जना गरेका थिए।मेस्सी अहिले अमेरिकी एमएलएस क्लब इन्टर मियामीबाट ब्यवसायीक फुटबल खेलिरहेका छन्।  

प्रकाशित: १४ कार्तिक २०८० ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App