२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः नेपालले आज मलेसियासँग खेल्दै

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा आज नेपालले मलेसियासँग खेल्दैछ। त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ।

समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा मलेसियासँग खेल्न लागेको हो। यसअघि सोमवार भएको खेलमा नेपालले सिङ्गापुरलाई ८ विकेटले हराएको थियो।  

आजै हुने अन्य खेलमा ओमान र सिङ्गापुर, हङकङ र बहराइन तथा युएई र कुवेतबीच प्रतिस्पर्धा हुनेछ।  

ओमान र सिङ्गापुरबीचको खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ भने हङकङ र बहराइनबीचको खेल बिहान ९ बजे नै मूलपानी क्रिकेट मैदानमा हुनेछ। यस्तै युएई र कुवेतबीचको खेल दिउँसो १ः१५ बजे मूलपानी क्रिकेट मैदानमै हुनेछ।

समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान र सिङ्गापुर रहेका छन् भने समूह ‘बी’ मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन्।  

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई राष्ट्र आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन्। आफ्नै भूमिमा आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा स्थान बनाउने नेपालको लागि यो सुनौलो मौका हो।

प्रकाशित: १४ कार्तिक २०८० ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App