२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बुद्धिचाल महासंघको कार्यवाहक अध्यक्षमा हेराकाजी

नेपाल बुद्धिचाल महासंघको कार्यवाहक अध्यक्षमा हेराकाजी महर्जन नियुक्त भएका छन् । महासंघका अध्यक्ष विदुरप्रसाद गौतमले कार्यव्यस्तताको कारण देखाएर वरिष्ठ उपाध्यक्ष रहेका महर्जनलाई राजीनामा पत्र हस्तान्तरण गरेका थिए । 

गौतम उपस्थित रहेको बैठकले राजीनामाको स्वीकृतिपछि विधानबमोजिम अध्यक्षले गर्ने सम्पूर्ण कार्यकारी अधिकारसहित महर्जनलाई कार्यवाहक अध्यक्ष बनाउने सर्वसम्मतिले निर्णय गरेको हो । सो अवसरमा विदुर गौतमले समय व्यस्तताको कारणले राजीनामा दिए पनि भ्याएसम्म महासंघलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वि.सं. २०५५ सालमा बुद्धिचाल खेलाडी भएर खेलजीवन सुरु गरेका महर्जन २०६२ सालमा हेराबहादुर स्थापित अध्यक्ष रहँदा कार्यसमितिमा प्रवेश गरेका थिए ।

त्यसपछि महर्जन संघको सचिव, महासचिव, उपाध्यक्ष हुँदै गत वैसाखमा सम्पन्न साधारणसभाको लोकप्रिय मतसहित वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनी २०७२ देखि २०७६ सम्म ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षको जिम्मेवारीमा रहेका थिए । 

महासंघको कार्यसमितिले बुद्धिचाल खेलप्रति पुर्याएको योगदानलाई कदर गर्दै अध्यक्ष गौतमलाई आगामी समयमा पनि खेलप्रति साथ सहयोगको अपेक्षासहित बिदाइ गरेको थियो । पदभार ग्रहण गर्दै कार्यवाहक अध्यक्ष हेराकाजी महर्जनले बुद्धिचाल खेल विकास र विस्तार गर्ने कार्यमा सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित: १२ कार्तिक २०८० ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App