२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नेदरल्याण्ड्सँगको खेल जित्न श्रीलंकाले २६३ रन बनाउनु पर्ने

भारतमा जारी विश्वकप क्रिकेट अन्र्तगत नेदरल्याण्ड्सँगको खेल जित्नश्रीलंकाले २६३ रन बनाउनु पर्ने भएको छ।  

भारतको लखनऊमा भईरहेको यो खेलमा श्रीलंकाविरुद्ध नेदरल्याण्ड्सले पहिला व्याटि ङ  गर्दै ४९ दशमलब ४ ओभरमा २६२ रन बनाउँदा सबै विकेट गुमायो।  

नेदरल्याड्सका लागि साइब्रैंड एंगलब्रेख्तले सबै भन्दा वढि ७० रन बनाए । त्यसैगरी लोगन वैन बीकले ५९ रन , कॉलिन ऐकरमैनले २९ तथा मैक्स ओुडाउड र कप्तान स्कॉट एडवर्ड्सले  १६ १६ रन बनाए।

श्रीलंकाको लागि दिलशान मदुशंका र  कसुन रजिताले चार चार विकेट लिए।  

जितको लागि २६३ रन पछ्याएको श्रीलंकाले ताजास्थीतीमा ६ ओभरमा १ विकेट गुमाएर २५ रन बनाएको छ।  

जारी खेलमा यी दुवैको यो चौथो खेल हो ।नेदरल्याण्ड्स ३ मा १ खेल जितेर २ अंकका साथ  तालिकाको आठौ स्थानामा रहेको छ भने श्रीलंका तीनै खेल हारेर अंकविहिन तालिकाको पुछारमा रहेको छ।  

 

प्रकाशित: ४ कार्तिक २०८० ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App