२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

पारामा प्रकाशकाे विजयी सुरूआत

नेपालका प्रकाश अधिकारीले चौथो एसियाली पारा खेलकुदको ब्याडमिन्टनमा शुक्रबार विजयी सुरुआत गरेका छन्।

चीनको हाङझाउस्थित बिजे जिम्न्याजियममा भएको पुरुष सिंगल्सको एसएल ४ क्याटगोरीको समूह ‘डी’ मा प्रकाशले इराकका अली अल्सादीलाई २–१ ले पराजित गरे। प्रकाश २१–१९, १९–२१ र २१–१९ ले विजयी भए। ब्याडमिन्टनकै पुरुष सिंगल्सको एसयु ५ समूह ‘जी’ मा इन्डोनेसियाका द्वि कुर्निया ओडी लिस्टयान्टोले नेपालका हेमबहादुर गुरुङलाई २१–८ र २१–१० को सोझो सेटमा पराजित गरे।

एसियाली पारा खेलकुदको औपचारिक उद्घाटन भने अक्टोबर २२ तारिखमा हुनेछ। पारा खेलकुदमा नेपालबाट विभिन्न १० खेलमा १९ खेलाडी सहभागी छन्। पदक आशा गरिएकी पारा तेक्वान्दोकी पलेशा गोवर्धनको चुनौती अक्टोबर २४ मा सुरु हुनेछ। पलेशा सन् २०२० को टोकियो ओलम्पिकमा कांस्य पदकको प्रतिस्पर्धासम्म पुगेकी थिइन्।  

प्रकाशित: ४ कार्तिक २०८० ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App