७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी २० क्रिकेटः करणको पोल्टामा थप एक विकेट

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले चौथो सफलता हासिल गरेको छ।

नेपालका करण केसीले हङकङको थप एक विकेट झारेका छन्। उनले हङकङका बाबर हायातलाई ५ रनमा आउट गरेका छन्।

करणको बलमा कुशल भुर्तेलले बाबरलाई क्याच आउट गरेका हुन्।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्न मैदान उत्रेको हङकङले हालसम्मको अवस्थामा ६ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा जम्मा २० रन बनाएको छ।

प्रकाशित: २ कार्तिक २०८० ०५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App