१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

भक्तपुर र ललितपुरका वडा सेमिफाइनलमा

भक्तपुर र ललितपुरका २ वटा वडा तेस्रो अल नेपाल अन्तरवडा टेबल टेनिस प्रतियोगिताको पहिलो दिन बुधबार महिला टिम इभेन्टमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित कराते हलमा भइरहेको प्रतियोगितामा भक्तपुरका २ र ५ तथा ललितपुरका १७ र १२ वडा सेमिफाइनलमा पुगेका हुन् । प्रतियोगिताको बाग्मती प्रदेशका सांसद् मीनकृष्ण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । प्रतियोगितामा करिब चार सय खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । पुरुष/महिला सिंगल्स र टिम, यु–१६ ब्वाइज÷गल्र्स सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान ४० वर्षमाथि सिंगल्समा खेल हुनेछ ।

टिम इभेन्टबाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यले जानकारी गराए । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन् । बाँकीमा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले २ हजार पाँच सय नगद पुरस्कार हात पार्नेछन् । अखिल नेपाल टेबल टेनिस संघको तत्त्वावधानमा जारी प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

प्रकाशित: २ कार्तिक २०८० ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App