१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

खेल जित्न नेपाललाई युएईले दियो १४१ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा युएईले खेलको समाप्तिमा ७ विकेट गुमाएर १४० रन बनाएको छ।

युएईका खेलाडी खालिद  शाह शून्यमा आउट भएका थिए भने अलिशान शरफुले ६ रन, आसिफ खानले १५ रन, अलि नसिरले ३२ र मुहम्मद वसिमले १७ रन बनाए।

यसैगरी मुहम्मद फराझुद्दीन शून्यमा आउट भएका थिए। बसिल हम्मिदले ३८ बलमा ५१ रन बनाए भने संचित शर्मा  २ र नीलंश केसवानी ले ४ रन बनाएका छन्।

नेपालका तर्फबाट गुल्शन झाले २, करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिएका छन्।

अविनाश बोहराले सातौं तर महत्वपूर्ण विकेट लिएका छन्। उनले ३८ बलमा ५१ रन बनाएका बसिल हम्मिदलाई आउट गरेका हुन।

प्रकाशित: १ कार्तिक २०८० ०९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App