१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

युएईले गुमायो पाँचौ विकेट, करणलाई पनि दोस्रो सफलता

फाइल तस्बिर

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले पाँचौं विकेट हात पारेको छ। उक्त खेल काठमाडौको माथिल्लो मुलपानीस्थित क्रिकेट मैदानमा भइरहेको छ।

करण केसीले युएईका अलि नसिरलाई रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराएका हुन्।  

गुल्शन झाले चौथो र तेस्रो विकेट लिएका थिए। उनले चौथो विकेटका रुपमा आसिफ खानलाई सन्दिप जोराको हातबाट क्याच आउट गराएका थिए। 

यसअघि गुल्शन झाले नै युएईका मुहम्मद वसिमलाई आउट गरेको थिए। झाको बलमा वसिम कुसल भुर्तेलबाट क्याच आउट भएका थिए। यसअघि सोमपाल कामी र करण केसीले एक–एक विकेट लिएका थिए। कामीले युएईको ओपनर खालिद शाह र केसीले अलीशान शरफुलाई आउट गरेका हुन।

यसअघिका दुवै ब्याट्म्यान क्याच आउट भएको हुन। युएईले १६.२ ओभरमा १०९ रन बनाएर ५ विकेट गुमाएको छ। नेपालले युएईविरुद्धको खेलमा टस जितेर बलिङ गर्ने निर्णय गरेको हो।

प्रकाशित: १ कार्तिक २०८० ०८:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App