१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

नेपाललाई तेस्रो सफलता, गुल्शनले लिए अर्को विकेट

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले तेस्रो विकेट हात पारेको छ।

उक्त खेल काठमाडौको माथिल्लो मुलपानीस्थित क्रिकेट मैदानमा भइरहेको छ।

गुल्शन झाले युएईका मुहम्मद वसिमलाई आउट गरेको हुन्। झाको बलमा वसिम क्याच आउट भएका हुन्।  

टस जितेर बलिंङ रोजेको नेपालले अहिलेसम्म तीन विकेट लिएको छ। यसअघि बलर सोमपाल कामी र करण केसीले एक–एक विकेट लिएका थिए। कामीले युएईको ओपनर खालिद शाह र केसीले अलीशान शरफुलाई आउट गरेका हुन। यसअघिका दुवै ब्याट्म्यान क्याच आउट भएको हुन।

नेपालले युएईविरुद्धको खेलमा टस जितेर बलिङ गर्ने निर्णय गरेको हो। युएईले ७.२ ओभरमा ४० रन बनाएर ३ विकेट गुमाएको छ।

प्रकाशित: १ कार्तिक २०८० ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App