५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

आइसीसी विश्वकप क्रिकेटः आज न्युजिल्यान्ड र अफगानिस्तान भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज न्युजिल्यान्ड र अफगानिस्तानबीच खेल हुँदैछ।  

चेन्नइस्थित एमए चिदम्बरम स्टेडियममा हुने आजको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।  

केन विलियमसनको कप्तानीमा रहेको न्युजिल्यान्डले जारी प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएको छ भने अफगानिस्तानले हालसम्म एक खेलमा मात्रै जित हात पार्न सकेको छ।  

हशमतुल्लाह शाहिदीको कप्तानीमा रहेको अफगानिस्तान आजको खेलमा जित हात पार्दैै अङ्कतालिकामा माथिका उक्लिन चाहन्छ।  

न्युजिल्यान्ड हालसम्म ३ खेलमध्य ३ वटैमा जित हात पारेर ६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ भने अफगानिस्तान ३ खेलमा एकमा जित हात पारेर २ अङ्कका साथ तालिकाको छैटो स्थानमा रहेको छ।  

प्रकाशित: १ कार्तिक २०८० ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App