१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

युरो कप : पोर्चुगलद्धारा बोस्निया हर्जेगोभिना पराजित

युरोपेली च्याम्पियनसिप लिग (युरो कप)छनोटमा पोर्चुगलले बोस्निया हर्जेगोभिनालाई हराएको छ।  

गएराती भएको खेलमा पोर्चुगलले बोस्निया हर्जेगोभिनालाई ५-० गाेलले पराजित गरेको हो।पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोको २ गोल गर्दा जोआओ क्यान्सेलो, जोआओ फेलिक्स र ब्रुनो फर्नान्डेजको समान १ गोल रह्यो। सबै गोल पहिलो हाफमा भएका थिए।

युरो कपमा छनोट भइसकेको पोर्चुगलको ८ खेलमा २४ अंक छ। समूहको दोस्रो स्थानमा रहेको स्लोभाकियाको समान ८ खेलमा १६ अंक छ। पराजित बोस्निया ९ अंक सहित पाँचौं स्थानमा छ।

गएराती नै भएको खेलमा आइसल्याण्डले लिकटेन्स्टाइन लाई ४-० ले तथा स्लोभाकियाले लक्जेम्वर्ग लाई १-० ले हराएको छ। 

यस्तै समूह बी का खेल हरुमा आयरल्यान्डले गिब्राल्टार माथि ४-० को जित निकाल्दा नेदरल्याण्ड्सले ग्रिस माथि १-० को जित निकालेको छ।

यस समूहमा फ्रान्सको ६ खेलमा १८ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सको ६ खेलमा १२ अंक छ। तेस्रो स्थानमा रहेको ग्रिसको पनि सात खेलमा समान १३ अंक छ।समूहको शीर्ष दुई टोली अर्को वर्ष जर्मनीमा हुने युरो कपका लागि छनोट हुने छन्।

प्रकाशित: ३० आश्विन २०८० ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App