१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट: अफगानिस्तानबिरुद्ध इग्ल्याण्ड १६० -६ को स्थीतीमा

भारतमा जारी विश्वकप क्रिकेटमा अहिले अफगानिस्तान र  इग्ल्याण्डबिच खेल भईरहेको छ।  

जितको लागि २८५ रनको लक्ष्य सहित मैदानमा उत्रेको इग्ल्याण्डले  १६० ६को स्थीतमा रहेको छ।पछिल्लो पटक इग्ल्याण्डले छैठौ विकेटको रुपमा सम करनलाई १० रनमा गुमाउँन पुगेको हो । उनी आउट हुँदा इग्ल्याण्डले २७ दशमलब १ ओभरमा १३८ रन बनाएको थियो।

ताजास्थीतीमा इग्ल्याण्डले  ओभरमा ३३ ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको छ ।  

जारी प्रतियोगितामा इंग्लान्डले २ खेल खेल्दा १ मा जित र १ मा पराजित भएको छ। इंग्ल्यान्ड २ अङ्कका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ भने समान खेलेको अफगानिस्तानले अहिले सम्म कुनै  जित हात पार्न सकेको छैन।अफगानिस्तान तालिकाको पुछारमा रहेको छ। 

इग्ल्याण्डको टोली

जॉनी बेयरस्टो,डाविड मलान,जो रूट,जॉस बटलर कप्तान,हैरी ब्रूक,लियम लिविंगस्टन,क्रिस वोक्स,सैम करन,आदिल रशीद,मार्क वुड र रीस टॉप्ली

अफगानिस्तानको टोली

रहमानउल्लाह गुरबाज़,इब्राहिम ज़दरान,रहमत शाह,हशमतउल्लाह शहीदी कप्तान ,अज़मतउल्लाह ओमरज़ाई,इकराम अलीख़िल,मोहम्मद नबी,राशिद ख़ान,मुजीब उर रहमान,नवीन उल हक़ र फ़ज़लहक़ फ़ारूक़ी

प्रकाशित: २८ आश्विन २०८० १५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App