१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः अफगानिस्तानविरुद्ध इग्ल्याण्डलाई पाँचो सफलता

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानबिरुद्ध इंग्ल्यान्डले  पाँचौ विकेट लिन सफल भएको छ।  

पाँचौ विकेटको रुपमा अफगानिस्तानका कप्तान हशमतउल्लाह शहीदी  १४ रन बनाएर  जो रूटबाट आउट भए।अफगानिस्तानले पाँचौ विकेट  ३२ दशमलब १ ओभरमा १७४ रन बनाउँदा गुमाएको हो ।  

यस अघि अफगानिस्तानका अज़मतउल्लाह ओमरज़ाईचौथो विकेट रुपमा  इग्ल्याडका लियम लिविंगस्टनले आउट गरेका हुन।उनले २६ ओभरमा अज़मतउल्लाह ओमरज़ाई अफगानिस्तानको १५२ रन हुँदा आउट गरेका हुन।अज़मतउल्लाह ओमरज़ाईले चाहित व्यक्तीगत १९ रन बनाए।  

ताजास्थीतीमा अफगानिस्तानले ३४ ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको छ।

यस अघि इंग्ल्यान्डले टस जितेर अफगानिस्तानलाई पहिला व्याटिङ गर्न निम्तो दिएको हो ।जारी प्रतियोगितामा इंग्लान्डले २ खेल खेल्दा १ मा जित र १ मा पराजित भएको छ। इंग्ल्यान्ड २ अङ्कका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ भने समान खेलेको अफगानिस्तानले अहिले सम्म कुनै  जित हात पार्न सकेको छैन। अफगानिस्तान तालिकाको पुछारमा रहेको छ।    

प्रकाशित: २८ आश्विन २०८० १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App