१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

प्रिन्स योनेक्स वेन्डिगोको क्वार्टरफाइनलमा पराजित

नेपालका प्रिन्स दाहाल अस्ट्रेलियाको मेलबर्नमा जारी योनेक्स वेन्डिगो इन्टरनेसनल च्यालेन्जको क्वार्टरफाइनलमा पराजित भएका छन्।

उनी सेमिफाइनल प्रवेशका लागि भएको प्रतिस्पर्धामा न्युजिल्यान्डका इडवार्ड लाउसँग १३–२१ र ११–२१ ले पराजित भएका हुन्। विश्व जुनियरको शीर्ष स्थानमा रहिसकेका प्रिन्सले राउन्ड अफ ६४ मा अस्ट्रेलियाका याउजु झउलाई २१–१० र २१–६ ले पराजित गरे। उनले त्यसपछि अन्तिम ३२ को खेलमा अस्ट्रेलियाकै श्रेय धान्दलाई २१–११, २१–१६ ले हराए। प्रिन्सले प्रि–क्वार्टरफाइनलमा चाइनिज ताइपेईका पाङ फोङ पुईलाई २१–१८, १२–२१ र २१–१४ ले हराएका थिए।

पुरुष एकलकै अर्को खेलमा हालै भएको तेस्रो प्रधानमन्त्री कपमा प्रिन्सलाई हराउँदै सनसनी मच्चाएका प्रफुल महर्जनको यात्रा पनि प्रि–क्वार्टरफाइनलमा नै सीमित रह्यो। उनी जापानका शोता ओमोतोसँग २१–९ र २१–१२ ले पराजित भए। यसअघि प्रफुलले अस्ट्रेलियाका ओमकार नीलमलाई २१–१०, २१–१० को सोझो सेटमा पराजित गर्दै अन्तिम ३२ को यात्रा तय गरेका थिए। त्यसअघि उनले प्रिक्वार्टरफाइनल यात्रा तय गर्ने क्रममा अस्ट्रेलियाका केथ मार्क एडिसनलाई २०–२२, २१–१५, २१–१५ को कठिन जित निकाले।

महिला युगलतर्फ पनि नेपालका नङ्सल तामाङ र अनुमाया राईको जोडी क्वार्टरफाईनलमा अस्ट्रेलियाका प्रिस्का कुस्तीआदी र नोजोमी सिमिजुको जोडीसँग २१–७ र २१–१४ ले पराजित भयो। त्यसअघि यो जोडी सीधै बाई पाएर क्वार्टरफाइनल पुगेका हो।

पुरुष युगलतर्फ प्रिन्स र विष्णुको जोडी प्रिक्वार्टरफाइलनमा अस्ट्रेलियाका लुकास डिफोल्की र अन्दिका रामादियान्स्यासँग २१–८ र २१–१७ ले पराजित भयो। प्रिन्स र विष्णुको जोडी अन्तिम ३२ को खेलमा अस्ट्रेलियाका हुइदोङ ताङ र जिउल झिलाई १०–२१, २२–२०, २१–१९ ले हराउँदै प्रि–क्वार्टरफाइनलमा स्थान पक्का गर्न सफल भएको हो।

पुरुष एकलमा विष्णु कटुवाल आफ्नो पहिलो खेलमा अस्ट्रेलियाका रियो अगुस्टिनोसँग ९–२१, ९–२१ ले हार सामना गर्न बाध्य भए। अनुमाया राई आफ्नो पहिलो खेलमा अस्ट्रेलियाकी भिक्टोरिया छोनादीसँग १६–२१, १६–२१ र नङ्सल तामाङ अस्ट्रेलियाकी टिफानी होसँग ७–२१, ८–२१ ले पराजित भए।

प्रकाशित: २७ आश्विन २०८० ०२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App