७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप एसियाली छनोट खेल : नेपाल र लाओसबिचको खेल बराबरीमा

फिफा विश्वकप एसियाली छनोट खेलमा  नेपाल र लाओसबिचको खेल बराबरीमा सकिएको छ। काठमाडौको दशरथरंगशालामा आज  भएको खेलमा पाहुना टोली लाओसले खेलको ३३ औ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो।

मध्यान्तरसम्म १- ० गोलले पछि परेको घरेलु टोली नेपालका लागि अन्जन विष्टले ४८ औ मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याए । यो गोलसँगै उनले राष्ट्रिय पुरुष फुटबल टोलीबाट सर्वाधिक गोलको कीर्तिमानमा बराबरी गरेका छन् । उनले हरि खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमानीसँग बराबरी गरेका हुन् । उनले आफ्नो ६० औं खेलमा कीर्तिमानी बराबरी गरेका हुन् । सन् २०१४ मा फिलिपिन्सविरुद्ध खेल्दै अन्जनले राष्ट्रिय डेब्यू गरेका थिए ।

मध्यान्तरपछि नेपालले लाओसलाई दवावमा राखेपनि गोल फर्काउन सकेन । निर्धारीत ९० र अतिरिक्त समयको ६ मिनेट सम्ममा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो।

फिफा वरियतामा एसियामा २७ देखि ४६ सम्म परेका २० टोलीले पहिलो चरणको छनोट दुई लेगमा होम९एण्ड९अवे खेल्ने ढाँचा रहेको छ।नेपालको पहिलो चरणको दोस्रो खेल भने अक्टोबर १७ मा लाओसमा हुने छ।

पहिलो र दोश्रो चरणबाट उत्कृष्ट हुने टोली अघिल्लो चरणका लागि प्रवेश गर्नेछ। यो खेल क्यानाडा, अमेरिका र मेक्सिकोमा २०२६ मा हुने विश्वकपको सुरुवाती चरणको छनोट खेल हो।

नेपालको सुरुवाती ११

किरण चेम्जोङ्ग (कप्तान), सनिश श्रेष्ठ, अनन्त तामाङ्ग, रोहित चन्द, आशिष चौधरी, लाकेन लिम्बु, आवास लामिछाने, मनिष डाँगी, आयुष घलान, अन्जन विष्ट, जिलेस्पे जंग कार्की।

प्रकाशित: २५ आश्विन २०८० १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App