६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज नेपालमा, नेपालले पहिलो खेल युएईसँग खेल्ने

नेपालमा कार्तिक १ गते देखि १० गतेसम्म तीन देशविचको त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको खेल हुँदैछ।नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार  यो सिरिजमा  घरेलु टोली नेपाल, युएई र हङकङले प्रतिस्पर्धा गर्नेछन् । खेल मुलपानी क्रिकेट मैदान र किर्तिपुर क्रिकेट मैदानमा हुनेछ ।  

राउन्ड रोबिनका सबै खेल मूलपानी मैदानमा हुनेछन् । नेपालले कात्तिक १ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ। कात्तिक २ मा हङकङसँग र कार्तिक ४ मा नेपालले हङकङसँग  पुनः खेल्नेछ ।  कात्तिक ६ मा नेपालले युएई दोस्रो पटक सामना गर्नेछ। 

सिरिजका दुई शीर्ष टोलीले फाइनल स्थान बनाउनेछन् । फाइनल खेल  कात्तिक १० किर्तिपुर क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ । क्यानले आइसिसी विश्वकप टी–२० अन्तर्गत एसिया क्षेत्र छनोटअघि युएई र हङकङ सम्मिलित सिरिज आयोजना गरेको हो।  

आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट

आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० सम्म नेपालमा हुनेछ। खेल मूलपानी र किर्तिपुर क्रिकेट मैदानमा हुँदैछ। 

समूह ‘ए’मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’मा युएई, बहराइन, हङकङ र कुवेत रहेका छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन्। 

प्रकाशित: २५ आश्विन २०८० १०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App