२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट :आज पाकिस्तान र श्रीलंकाविचको खेल हुँदै

भारतमा जारी विश्वकप क्रिकेट अन्र्तगत पाकिस्तान र श्रीलंकाविच आज  खेल हुँदैछ।खेल भारतको हैदरावादमा नेपाली समय अनुसार दिउँसो २ :१५ हुनेछ।यो खेलमा पाकिस्तानले श्रीलंका आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्।

पाकिस्तान र श्रीलंकाबीचको खेल विश्वकपको हेभिवेट भिडन्तको रुपमा रहेको छ । यो विश्वकपमा यी दुवैको दोस्रो खेल हो। पहिलो  पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्स ८१ रनले हराएर सुखद सुरुवात गरेको छ । त्यसैगरी पहिलो खेलमा श्रीलंका दक्षिण अफ्रिकासंग १०२ रनले पराजित भएको थियो।

भर्खरै सकिएको एसिया कप क्रिकेटमा भने श्रीलंकाले उपाधिको दाबेदार मानिएको पाकिस्तानलाई हराएको थियो।दुवै टिम एकदिवसीय खेलमा १ सय ५६ पटक भिडेका छन ।जसमा पाकिस्तानले ९२ र श्रीलंकाले ५९ पटक खेल जितेका छन्।

प्रकाशित: २३ आश्विन २०८० ०४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App