२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

प्रधान सेनापति ट्रफीमा एथलेटिक्सका प्रतिस्पर्धा

प्रधान सेनापति ट्रफीअन्तर्गत शुक्रबार एथलेटिक्सका प्रतिस्पर्धा भए। प्रतियोगिताअन्तर्गत आठ सय मिटर पुरुष दौडमा बुद्धराम तामाङ प्रथम हुँदा शंकर श्रेष्ठ द्वितीय र अकलबहादुर पाल तृतीय भए।

पुरुषकै ५ हजार मिटर दौडमा खड्गबहादुर खड्का, मोहनदेव जोशी र गोपाल तामाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदा महिलातर्फ सोही विधामा सृजना पाण्डे, विमला तामाङ र निर्मला केसीले पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेर पदक प्राप्त गरे।  

लङ्जम्पको महिलातर्फ विमला चौधरी, सपना थारू र अंगिता चौधरीले क्रमशः पहिलो, दोस्रो र तेस्रो भएर विजय प्राप्त गर्दा पुरुषतर्फको सोही विधामा अजयकुमार तामाङ, उत्तमकुमार शाही र प्रेमबहादुर महतो क्रमशः प्रथम द्वितीय र तृतीय भए।

 बिहीबारदेखि सुरु भएर असोज ३० सम्म सञ्चालन हुने प्रतियोगिताको प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गरेका थिए। प्रतिस्पर्धामा सेनाका १४ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबललगायतका खेलहरू सञ्चालन हुनेछन्।

प्रकाशित: २० आश्विन २०८० ०२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App