२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डले २८२ रन बनायो

१३ औं विश्वकप क्रिकेटको पहिलो खेलमा न्युजिल्याण्डविरुद्ध इग्ल्याण्डले २८२ रन बनाएको छ।

साविक विजेता इग्ल्याडले टस हारेर पहिलो व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएको हो।इग्ल्याडका लागि सबै भन्दा वढि जो रुटले  ७७ रन बनाए  । त्यसैगरी कप्तान जस बटलरले ४३ , जोनी बेयरस्टोले ३३ तथा ह्यारी ब्रुकले २५ रन बनाए । न्युजिल्याण्ड लागि म्याट हेनरीले  १० ओभरमा  ४८ रन खर्चेर सबै भन्दा वढि ३ विकेट लिए ।त्यसैगरी ग्लेन फिलिप्स र मिचेल सान्टनार दुई दुई लिए।त्यसैगरी ट्रेन्ट बोल्ट र रचिन रविन्द्रले एक एक जनालाई आउट गरे।  

भारतको हमदवादमा दिवा रात्री खेलमा न्यूजिल्याण्डले टस जितेर इंग्ल्यान्डलाई पहिला व्याटिङ गर्न निम्तो दिएको हो।

साविक विजेता इंग्ल्यान्ड र  साविक उपविजेता न्युजिल्यान्डबीच विश्वकपमा १० खेल भएको छ।दुबै टोलीले ५ /५ खेल जितेका छन् । एक दिवसीयमा  भने यी दुई देशले कुल ९५ खेल खेलेका छन् । जसमा इंग्ल्यान्ड ४५ र न्युजिल्यान्ड ४४ खेल  जितेका छन।

इंग्ल्यान्डको प्लेइङ ११

जस बटलर (कप्तान), मोईन अली, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम करन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, मार्क वुड र क्रिस वोक्स।

न्युजिल्यान्डको प्लेइङ ११

ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कन्वे, म्याट हेनरी, टम लाथम (कप्तान तथा विकेटकिपर), डर्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनार र विल योंग।

प्रकाशित: १८ आश्विन २०८० १२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App