२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डको चार विकेट गयो

विश्वकप क्रिकेटमा न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डले चार  विकेट गुमाएको छ।

इग्ल्याडले चौथो विकेट मोईन अलीलाई गुमाएको हो । उनी  ११ रन बनाएर आउट भएका हुन । उनलाई न्युजिल्यान्डका ग्लेन फिलिप्सले  आउट गरेका हुन ।

इग्ल्याडले चौथो विकेट २१ दशमलब २ ओभरमा ११८ रन हुँदा गुमाएको हो । यस अघि तेस्रो विकेटका रुपमा इग्ल्याडका ब्याटर ह्यारी ब्रुक १६ बलमा ४ चौका र १ छक्का सहित २५ रन बनाएर आउट भएका हुन ।  उनलाई न्युजिल्यान्डका रचिन रविन्द्रले आउट गरेका हुन।तेश्रो  विकेट इग्ल्याडले १७ ओभरमा गुमाएको हो। तेश्रो  विकेट गुमाउँदा इग्ल्याडले  ९४ रन बनाएको थियो।  

त्यसैगरी दोश्रो विकेट १२ दशमलब ५ ओभरमा गुमाएको हो । दोस्रो  विकेट गुमाउँदा इग्ल्याडले  ६४ रन बनाएको थियो। दोश्रो विकेट इग्ल्याडले जोनी बेयरस्टोलाई गुमाएको हो। उनी  ३५ बलमा ४ चौका र १ छक्का सहित ३३ रन बनाएर आउट भएका हुन। उनलाई न्युजिल्यान्डका मिचेल सान्टनारले आउट गरेका हुन।

त्यसैगरी  इग्ल्याडले पहिलो विकेट ७ दशमलब ४ ओभरमा गुमाएको हो  । पहिलो विकेट गुमाउँदा इग्ल्याडले  ४० रन बनाएको थियो । पहिलो विकेटको रुपमा  इग्ल्याडका  शुरुवाती व्याटर डेविड मलान  २४ बलमा २ चौकासहित १४ रन बनाएर आउट भएका छन। उनलाई न्युजिल्यान्डका म्याट हेनरीले आउट गरेका हुन। इग्ल्याण्डले ताजास्थीतीमा  २५ ओभरमा  ४  विकेट गुमाएर  १३५ रन बनाएको छ।

भारतको हमदवादमा दिवा रात्री खेलमा न्यूजिल्याण्डले टस जितेर इंग्ल्यान्डलाई पहिला व्याटिङ गर्न निम्तो दिएको हो।

साविक विजेता इंग्ल्यान्ड र  साविक उपविजेता न्युजिल्यान्डबीच विश्वकपमा १० खेल भएको छ।दुबै टोलीले ५ /५ खेल जितेका छन् । एक दिवसीयमा  भने यी दुई देशले कुल ९५ खेल खेलेका छन् । जसमा इंग्ल्यान्ड ४५ र न्युजिल्यान्ड ४४ खेल  जितेका छन।

इंग्ल्यान्डको प्लेइङ ११

जस बटलर (कप्तान), मोईन अली, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम करन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, मार्क वुड र क्रिस वोक्स।

न्युजिल्यान्डको प्लेइङ ११

ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कन्वे, म्याट हेनरी, टम लाथम (कप्तान तथा विकेटकिपर), डर्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनार र विल योंग।

प्रकाशित: १८ आश्विन २०८० १०:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App