१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

एसियन गेम्स क्रिकेटः नेपालमाथि भारतको जित

एसियन गेम्स अन्तर्गतको पुरुष क्रिकेटमा नेपालमाथि भारतले जित हात पारेको छ।  

आज बिहान भएको पहिलो क्वार्टरफाइनल खेलमा नेपाललाई २३ रनले पराजित गर्दै भारतले जित हात पारेको हो। जितसँगै भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।  

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०२  रन बनायो। भारतका लागि ओपनर यशस्वी जयसवालले शतकीय पारी खेले। उनले ४९ बलमा आठ चौका र सात छक्का प्रहार गर्दै एक सय रन बनाए। साथै रिङ्कु सिंहले ३७ तथा ऋतुराज गायक्वाड र शिवम दुवेले समान २५/२५ रनको योगदान दिए।  

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक/एक विकेट लिए।  

२०३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७९ रन मात्रै बनाउन सक्यो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले चार छक्काको सहायतामा ३२ रन बनाए। साथै सन्दीप जोरा र कुशल मल्ले समान २९÷२९ रन बनाए भने कुशल भुर्तेलले २८ रनको योगदान दिए। करण केसी १८ रनमा अविजित रहे।  

भारतका लागि आवेश खान र रवी विस्नोइले समान तीन÷तीन विकेट लिए भने अर्शदीप सिंहले दुई तथा साई किशोरले एक विकेट लिए। जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ। हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित: १६ आश्विन २०८० ०४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App