१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

एसियन गेम्सः महिला कबड्डी तर्फ नेपाल कास्यपदक नजिक

एसियन गेम्समा नेपालको महिला कबड्डी टिमले जित हात पारेको छ।

समूह चरणको आजको खेलमा बङ्गलादेशलाई हराउँदै नेपालले जित हात पारेको हो। जितसँगै एसियन गेम्समा कम्तिमा काँस्य पदक जित्न सक्ने सम्भावना नेपालले कायमै राखेको छ।  

नेपालको महिला कबड्डी टिमले बङ्गलादेशलाई ३७–२४ अङ्कले पराजित गर्यो।  

बङ्गलादेशले समूह चरणको अन्तिम खेलमा इरानसँग खेल्नेछ। स्वर्णको बलियो प्रत्यासी इरानसँग बङ्गलादेशले जित निकाल्न निकै कठिन देखिन्छ।  

नेपाल समूह चरणको पहिलो खेलमा इरानसँग हारेको थियो।

प्रकाशित: १५ आश्विन २०८० ०५:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App