२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

बिबि एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० देखि

बिबि गोर्खा को आयोजनामा हुने प्रथम बिबि  एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० गतेदेखि शुरु हुने भएको छ। 

आज आयोजक बिबि गोर्खाजले पत्रकार सम्मेलनमार्फत काठमाडौँको नैकापमा हुने प्रतियोगिता असोज २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुने जनाएको हो। प्रतियोगितामा २० टिमले सहभागिता जनाउनेछन्। प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले बिबि एयरवेजको काठमाडौं–मलेसिया टु वे टिकट पाउने आयोजकले बताएको छ। बिबि एयरवेज हाल बन्द रहे पनि आगामी महिनामा सञ्चालनमा आउने र त्यसबाट नै प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले एयरवेजको टु वे टिकट पाउने सुन्दर थापा क्षेत्रीले बताए।

प्रतियोगिताका लागि कुल १३ लाख बजेट छुट्टाएको क्षेत्रीले बताए। प्रतियोगितामा सहभागिताका लागि १० हजार रुपैयाँ इन्ट्री फि राखिएको छ।

प्रकाशित: १२ आश्विन २०८० १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App