१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपाली क्रिकेटलाई माथि लैजान मिलेर काम गर्ने हो: सचिव खड्का

नेपाली क्रिकेटका पूर्व कप्तान तथा नवनिर्वाचित क्यानका सचिव पारस खड्काले टिमसँग मिलेर काम गर्ने बताएका छन्।

नेपालमा क्रिकेटमा सम्भावना रहेको भन्दै उनले आफू देशको क्रिकेटको विकासमा लाग्ने बताए। ‘यो पोटेन्सियल क्षेत्र हो। मिलेर काम गर्छु,’ उनले भने।

चतुर बहादुर चन्दसँग अब मिलेर काम गर्न बाध्यता आयो होइन भन्ने प्रश्नमा पारस भन्छन्, ‘क्रिकेटलाई माथि लैजाने हो। मिलेरै काम गर्नु पर्छ।’ पासरले आफूलाई माया गर्ने सबैलाई धन्यावाद भनेका छन्।

देशभरमा क्रिकेटको माहौल उँचो बनाउन लाग्ने पारसको भनाइ छ। ‘मिलेर काम गरौँ है,’ नवनिर्वाचित सचिव पारसले नागरिकन्यूजसँग कुरा गर्दै भने।

क्यानको आज भएको केन्द्रीय निर्वाचनमा पूर्वकप्तान खड्का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पछि पार्दै निर्वाचित भएका हुन्।

उनी क्यानको बागमती प्रदेशका अध्यक्षसमेत हुन्। कुल ८५ मतदाता रहेकामा खड्काले ४८ मत प्राप्त गरेका थिए।। उनको प्रतिद्वन्द्वीले ३७ मत प्राप्त गरे।

प्रकाशित: ६ आश्विन २०८० १८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App