१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

एसिया कप क्रिकेट : भारतविरुद्ध श्रीलंका ५० रनमै अलआउट

एसिया कप क्रिकेट २०२३ को फाइनलमा भारतविरुद्ध श्रीलंका ५० रनमै अल आउट भएको छ ।  

यस अघिको उपाधि बिजेता श्रीलंकाले टस जितेर भारतविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गर्दै १५ दशमलब २ ओभरमा ५० रन बनाउँदै सबै विकेट गुमायो ।  

श्रीलंकालाई जम्मा ५० रनमा सिमित राख्न भारतका बलर मोहम्मद सिराज एक्लैले ७  ओभरमा ३ मेडन ओभरसंगै जम्मा २१ रन खर्चेर  ६ विकेट लिए । त्यसैगरी हार्दिक पंड्याले  २ दशमलब २ ओभरमा जम्मा ३ रन खर्चेर ३ विकेट लिए ।त्यसैगरी जसप्रीत बुमराहले  ५ ओभरमा २३ रन दिए  १ विकेट लिए । श्रीलंकाका ५ जना ब्याटरले कुनै रन बनाउन सकेनन। 

प्रकाशित: ३१ भाद्र २०८० ११:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App