१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

श्रीलंकाविरुद्ध भारतका मोहम्मद सिराजले एक्कै ओभरमा ४ विकेट लिए

एसिया कप क्रिकेट २०२३ को फाइनलमा श्रीलंकाविरुद्ध भारतका मोहम्मद सिराजले एक्कै ओभरमा ४ विकेट लिए छन।

वर्षाले प्रभावित भएर ढिलो सुरु भएको यो खेलमा श्रीलंकाले पहिलो ओभरमै विकेट गुमायो।श्रीलंकाका कुसल परेरालाई भारतका जसप्रीत बुमराहले पहिलो ओभरको तेश्रो बलमा केएल राहुलबाट क्याच आउट गराए । दोश्रो ओभरमा बलिङ गरेका मोहम्मद सिराजले पहिलो स्पेलमा मेडन ओभर बलिङ  गरे भने चौथो ओभरमा दोश्रो स्पेल बलिङ गरेका सिराजले ह्याट्रीकसंगै ४ जना श्रीलंकाली ब्याटरलाई पेभेलियनको बाटो देखाई दिए । त्यसपछि छैठौ ओभरमा आफ्नो तेश्रो स्पेलको बलिङ गरेका सिराजले थप एक विकेट लिए । उनले ३ ओभर बलिङमा  १ मेडनसहित जम्मा ८ रन खर्चेर ५ विकेट लिए। 

सिराजले श्रीलंकाका पथिम निसंका, कुसल मेंडिस, सदीरा समराविक्रमा, चरिथ असलंका, धनंजय डीसिल्वा रदसून शानकालाई आउट गरेका हुन।  

प्रकाशित: ३१ भाद्र २०८० ११:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App