२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

मुकेश र राममायालाई उपाधि

निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको वाकाथन तथा ५ किलोमिटर दौडको उपाधि मुकेश पाल र राममाया बुढाले जितेका छन्।संस्थाको ५० औं बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ पाल र महिलातर्फ बुढाले स्वर्ण पदक हात पारे।

पालले निर्धारित दुरी १७ मिनेट ५० सेकेन्डमा पार गरे। पुरुषतर्फ सञ्जय श्रेष्ठ १८ मिनेट १३ सेकेन्ड सहित दोस्रो र श्रीकास राई १८ मिनेट ३५ सेकेन्ड सहित तेस्रो भए।

महिलातर्फ बुढाले निर्धारित दुरी २१ मिनेट ५० सेकेन्डमा पुरा गरिन्। दोस्रो भएकी पूर्णलक्ष्मी न्यौपानेले २१ मिनेट ५७ सेकेन्ड र तेस्रो भएकी सिर्जना पाण्डेले २३ मिनेट ०७ सेकेन्डमा निर्धारित दुरी पार गरिन्। दुवै स्पर्धाका स्वर्ण विजेताले मेडल सहित समान १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे।

विजेता खेलाडीलाई कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, अर्थमन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरे लगायतले पुरस्कृत गरेका थिए।

प्रकाशित: ३० भाद्र २०८० १६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App