१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

गोल्डेनगेटका तीनै टोलीलाई सफलता

गोल्डेनगेटका ‘ए’, ‘बी’ र ‘सी’ तीनै टोली नेबा प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार प्रिक्वार्टर फाइनलमा प्रवेश गरेका छन्।

नेपाल बास्केटबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिसद्को सेमी कभर्ड हलमा भइरहेको प्रतियोगितामा गोल्डेनगेटसँगै जेभियर इन्टरनेसनल र सिसिआरसीको ‘ए’ र ‘बी’ टोली तथा नामी, क्याम्पियन, ओमेगा ‘ए’, जेम्स, ट्रिनिटी, प्रिमियर, ट्रिटन, ग्रिनफिल्ड र मनास्लु वर्ल्ड कलेज पनि प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न सफल भएका छन्।

गर्ल्समा रातो बंगला, नामी, इन्साइट भिजन, एस, जेभियर इन्टरनेसनल ‘बी’, गोल्डेनगेट, जेम्स ‘बी’ र साइपाल एकेडेमी क्वार्टरफाइनलमा पुगे।

प्रतियोगिताको नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे। लिनिङ अफिसियल पार्टनर रहेको प्रतियोगिताको ब्वाइजमा ३२ तथा गर्ल्समा १३ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन्।

शीर्ष तीन स्थान हात पर्ने टोलीलेले त्रिसराबाट गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। ‘मोस्ट भेलुएबल प्लेयर’ लाई लिनिङको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। प्रतियोगिता आइतबारसम्म जारी रहनेछ।

प्रकाशित: ३० भाद्र २०८० ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App