२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एसिया कप : वर्षाका कारण पाकिस्तान र भारतविचको खेल फेरी रोकियो

एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानविचको खेल दोश्रो पटक रोकिएको छ।  

खेल रोकिदा सम्म भारतले ३ विकेट गुमाई सकेको छ।भारतका रोहित शर्मा ,विराट कोहली र श्रेयस ऐर आउट भएका छन।रोहित शर्मा ११, विराट कोहली ४ तथा श्रेयस ऐर १४ रन बनाएर आउट भएका हुन । रोहित र विराटलाई शाहिन शाह अफ्रिदीले बोल्ड आउट गरेका हुन भने हरिस रौफले  श्रेयस ऐरलाई ९ दशमलब ५ ओभरमा फखार जमानबाट क्याच आउट गरि पेभेलियनको बाटो देखाई दिएका हुन । दोश्रो पटक खेल रोकिदा भारतले ११ दशमलब २ ओभरमा ३ विकेट गुमाएर ५१ रन बनाएको छ।

अहिले शुभमन गिल र ईशान किशन क्रिजमा छन । शुभमन गिलले २४ बलमा जम्मा ६ रन बनाएका छन भने ईशान किशनले ६ बलमा २ रन बनाएका छन।

प्रकाशित: १६ भाद्र २०८० ११:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App