५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एसिया कपमा भोलि भारत र पाकिस्तान भिड्दै

एसिया कप क्रिकेटमा भोलि भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुँदैछ। 

भारतले पाकिस्तान भ्रमण नगर्ने अडान लिएपछि एसिया कपको आयोजना नै लामो समयसम्म अन्योलमा रहेको थियो अन्ततः भारतका म्याचहरू श्रीलङ्कामा राख्ने सहमतिमा प्रतियोगिता अघि बढेको हो । भारत र पाकिस्तानबिचका खेलहरू  श्रीलङ्कामा हुनेछन । 

नेपालको समूह ए रहेका पाकिस्तानको यो दोश्रो खेल हो भने भारतको पहिलो खेल हो । पाकिस्तानले नेपाललाई उद्घाटन खेलमा २३८ रनले हराएको थियो । नेपालले भारतस‌ग आउने सोमबार खेल्नेछ । 

भारत र पाकिस्तान एसिया कपको दावेदार राष्ट्र पनि हुन ।भोलिको खेलमा पाकिस्तानले नेपालविरुद्ध खेलेको टिम नै भारतविरुद्ध उतार्न सक्छ । भारत पनि कुनै एक्सपेरिमेन्ट गर्ने मुडमा छैन । दुवैले आफ्नो बेस्ट टिम नै खेलाउनेछन् ।

एसिया कपको अहिलेसम्मको रेकर्डमा भारत र पाकिस्तान १३ पटक आमनेसामने भएका छन् । त्यसमा भारतले सात वटा र पाकिस्तानले ५ वटा म्याचमा जीत हासिल गरेका छन्।

यस प्रतियोगितामा  पनि तीन पटक भारत(पाकिस्तान आमनेसामने हुन सक्ने समीकरण छ । दुवै टिम एउटै समूहमा भएकाले समूह चरणमा उनीहरु पहिलो पटक भिड्नेछन् ।दुवै टिम सुपर फोरमा छनोट हुने बलियो सम्भावना छ । सुपर फोरमा पुगेका चार टिमले एकापसमा खेल्नुपर्ने हुन्छ। त्यहाँ भारत र पाकिस्तान फेरि भेट हुनेछन् । र, यदि दुवै टिम फाइनलमा पुगेको खण्डमा उपाधिका लागि भिड्नेछन्।

प्रकाशित: १५ भाद्र २०८० ११:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App