२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

महिला टी ट्वान्टी विश्वकप : नेपालको विजयी सुरुवात

महिला टी ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले सुखद सुरुवात गरेको छ।

मलेसियाको बायोमास ओभल मैदानमा आजबाट सुरु भएको यो खेलमा नेपालले घरेलु टोलीलाई ५ रनले पराजित गरेको हो।

नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनायो । मलेसियाका लागि उनिफ्रेड दुराईसिंघमले सर्वाधिक २८ रन बनाइन्।

नेपालका लागि कविता कुँवर र कविता भट्टले समान २/२ तथा रुबिना क्षेत्री र अस्मिना कर्माचार्यले समान १/१ विकेट लिइन्।

 पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो । 

नेपालका लागि  सिताराना मगरले अविजित ३८ रन बनाइन् ।अप्सरी बेगमले १७ तथा कप्तान रुबिना क्षेत्रीले १२ रन बनाए।मलेसियाकी एना हमिजाले २ विकेट लिइन् । दोसो खेलमा नेपालले शुक्रवार बहराइनसँग खेल्नेछ ।  

यस प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ।  

समूह ए मा नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । 

प्रकाशित: १४ भाद्र २०८० ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App