२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

तीन टोलीलाई उपाधि

ग्रिनल्यान्ड, एन्जल्स हार्ट र भ्याली पब्लिकले शनिबार दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। बाफलस्थित आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा भएको फाइनलमा सफलता प्राप्त गर्दै ग्रिनल्यान्ड सिनियर ब्वाइज, एन्जल्स हार्ट जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गल्र्समा च्याम्पियन बनेका हुन्। सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले जेनिथलाई ६१–६० को साँघुरो अन्तरले पराजित ग¥यो।  

जुनियर ब्वाइजको फाइनलमा एन्जल्स हार्टले ज्ञान निकेतनलाई ३०–२२ ले हरायो। एन्जल्स हार्टका रूपेश पौडेलले ७ स्कोर गरे। सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले संस्कृतिलाई ३४–१८ ले पाखा लगायो। सिनियर ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ, जुनियर ब्वाइजमा एन्जल्स हार्टका रूपेश पौडेल र सिनियर गल्र्समा भ्याली पब्लिककी मुस्कान गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

प्रकाशित: १० भाद्र २०८० ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App