७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

ब्याडमिन्टन एसिया क्षेत्रीय प्रतियोगिता हुने

ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन सङ्घको तत्वावधानमा ब्याडमिन्टन एसिया (दक्षिण एसिया)क्षेत्रीय जुनियर च्याम्पियनसीप भोलिदेखि हुने भएको छ।

अल्पविकसित राष्ट्रहरूमा ब्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्देश्यले ब्याडमिन्टन एसियाले सञ्चालन गर्ने उक्त प्रतियोगितामा यु–१५ र यु–१७ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। यसमा छात्र एकल, छात्रा एकल, छात्र युगल, छात्रा युगल र मिक्स गरी पाँच–पाँच विधामा प्रतिस्पर्धा हुनेछ।

भदौ ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता नेपाल एपिएफको हलचोकस्थित कभर्डहलमा हुनेछ। प्रतियोगितामा नेपालसहित भुटान, श्रीलङ्का, बङ्गलादेश, मालदिभ्स र पाकिस्तान गरी छ राष्ट्रका करिब ५२ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

छात्र तथा छात्रातर्फ समान २६–२६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक राष्ट्रबाट आठ–आठ खेलाडी तथा नेपालबाट १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। आयोजकको हैसियतले नेपाली खेलाडीले एक विधामा तीन खेलाडीले स्पर्धा गर्न पाउनेछन् भने अन्य राष्ट्रबाट दुई खेलाडीले स्पर्धा गर्न पाउनेछन्।

ब्याडमिन्टन एसियाका  विकास व्यवस्थापक थानाबालन अरिकृष्णनले एसियामा ब्याडमिन्टनको विकास र विस्तार गर्न के–कस्ता कार्यक्रम हुनुपर्ने भन्ने छलफल र महिलालाई ब्याडमिन्टनमा आकर्षण गर्ने कार्यक्रम तर्जुमा गर्नका लागि यस किसिमको प्रतियोगिताको आयोजना गर्न लागिएको बताए।

प्रकाशित: ३२ श्रावण २०८० १४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App