१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सरकारविरोधी आन्दोलनमा सहभागी रेफ्रीद्वारा राजीनामा

सरकारविरोधी आन्दोलनमा सहभागी भएसँगै बंगलादेशका चर्चित क्रिकेट रेफ्रीले पदबाट राजीनामा दिएको सोमबार बताएका छन्।

बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) का म्याच रेफ्री कोअर्डिनेटर देवव्रत पउल शुक्रबार सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनल पार्टी (बिएनपी) द्वारा गरिएको आन्दोलनमा सहभागी भएका थिए। त्यससँगै बोर्डमा रहेका अन्य अफिसियलले उनको आलोचना गरेका थिए। ‘म पदमा बसिरहन असहज हुने अवस्था सिर्जना भयो। त्यस कारण पदबाट राजीनामा दिएको हुँ,’ पउलले भने। उनले थप प्रतिक्रिया दिन भने इन्कार गरे। पउलनिकटले भने उनले बिसिबीका निर्देशकको निन्दा गर्दै खेलाडीलाई म्यासेज गरेकाले उनलाई पद छोड्न दबाबमा दिइएको थियो।

बिसिबीका निर्देशकले भने आफूहरूविरुद्ध दुव्र्यवहार गरेको महसुस भएपछि पउललाई पद छाड्ने परिस्थिति सृजना भएको बताए। उनी फेडेरेसन अफ इन्टरनेसनल क्रिकेटर एसोसिएसन (एफआइसिए) मा नेपालका प्रतिनिधिसमेत हुन्। उनले घरेलु लिगमा सन् २००६ देखि म्याच रेफ्रीका रूपमा काम गर्दै आइरहेका थिए। साथै पउलले १ सय ३४ वटा घरेलु खेलहरू खेलाएका छन्। बिसिबीका अम्पायर कमिटीका अध्यक्ष इफ्तिखार रहमानले पउलसँग विरोधमा सहभागी भएको बारे सोधेको तर पदबाट हट्न दबाब नदिएको बताएका छन्। ‘हामी आपैmँ उनको अप्रत्याशित राजीनामाले छक्क भयौं,’ रहमानले भने, ‘हामीले उनीमाथि कुनै दबाब भने दिएका होइनौं।’

बंगलादेशको प्रमुख प्रतिपक्षी दल बिएनपीले वर्तमान प्रधानमन्त्री शेख हसिनालाई जनवरीमा हुने निर्वाचनबाट हराउने योजना बनाएको छ। बिसिबीका अध्यक्ष नजमुल हसन पनि हसिनाको सत्तासिन पार्टी अबामी लिगका सांसद हुन्। नजमुलसँगै बंगलादेश क्रिकेट टोलीका पूर्वकप्तान मसरmफ मोर्ताजा पनि अबामी लिगका सांसद हुन्।  

 

प्रकाशित: ३१ श्रावण २०८० ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App