२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

अस्ट्रेलिया पहिलोपटक सेमिफाइनलमा

फ्रान्सविरुद्ध जित निकालेपछि अस्ट्रेलियाका खेलाडी विजयत्सव मनाउँदै ।तस्बिर : एपी

 सहआयोजक राष्ट्र अस्ट्रेलियाले शनिबार फ्रान्समाथि सडन डेथमा ७–६ को रोमाञ्चक जित निकाल्दै पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ।  

अस्ट्रेलियाले आफ्नो घरेलु मैदान ब्रिसबेनमा भएको नाटकीय खेलमा फ्रान्सलाई स्तब्ध बनाउँदै ऐतिहासिक रूपमा सेमिफाइनलमा स्थान बनाएको हो। अस्ट्रेलियाले बुधबार सिड्नीमा हुने सेमिफाइनलमा इङ्ल्यान्डविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। इङ्ल्यान्डले पनि शनिबार नै कोलम्बियालाई २–१ ले हराउँदै घरेलु टोलीसँगको भेट पक्का गरेको हो। रोमाञ्चक सडन डेथमा कोर्ट्नी भिनेको पेनाल्टी गोलले अस्ट्रेलियालाई ऐतिहासिक सफलता दिलायो। निर्धारित समय र थप गरिएको समय गरी कुल १२० मिनेटसम्म दुवै तर्पmबाट गोल हुन सकेन। त्यसपछि खेल पेनाल्टी सुटआउटतर्पm धकेलियो।  

पेनाल्टी सुटआउटमा दुवै तर्पmबाट १० प्रहारपछि मात्र खेलको निर्णय निस्कियो। भिनेको गोलसँगै घरेलु समर्थकलाई खुसी मिल्यो र घरेलु मैदानमा पहिलो पटक विश्वकप उचाल्ने सपना पनि जीवन्त रह्यो। अस्ट्रेलियाकी गोलकिपर म्याकेन्जी अर्नोल्डले पेनाल्टी सुटआउटमा नै जित निकाल्ने अवसर गुमाएकी थिइन्। तर, फ्रान्सका लागि नवौं पेनाल्टीमा किन्जा डालीको दुई पटक प्रहार रोक्दै उनले आफ्नो टोलीको आशा जीवन्त पारेकी थिइन्। सुरुमा म्याकेन्जीले पेनाल्टी हान्नुभन्दा अगाडि गोललाइन क्रस गरेको भन्दै किन्जाले दोस्रो अवसर पाए पनि सदुपयोग गर्न सकिनन्।  

त्यसपछि फ्रान्सको १० प्रहारमा भिकी बेचो पनि असफल भइन्। त्यससँगै अस्ट्रेलियाकी भिनेले ऐतिहासिक जित दिलाउँदै घरेलु समर्थकलाई खुसी दिने अवसर पाइन्। त्यो अवसरमा उनले कुनै गल्ती गरिनन्। पेनाल्टी सुटआउटमा विशेष मानिएकी सोलेनी डुरान्डलाई फ्रान्सले दोस्रो रोजाइको गोलकिपरका रूपमा मैदान पठाए पनि सफलता पाउन सकेन। ‘मेरो टोलीप्रति गर्व गर्छु। मेरा खेलाडीले आज बहादुरी देखाए र प्रदर्शन अदभुत नै रह्यो,’ अस्ट्रेलियाका प्रशिक्षक टोनी गुस्ताभसनले भने । ४९ हजार चार सय ६१ दर्शकका माझ प्रतिस्पर्धा गरेको फ्रान्सका लागि भने विश्वकप उपाधि जित्ने लक्ष्य यस पटक पनि पूरा हुन सकेन।  

सन् २०११ पछि दोस्रो पटक विश्वकपको सेमिफाइनलमा पुग्ने फ्रान्सको लक्ष्यमा घरेलु टोली बाधक बन्यो। ‘पूरै स्टेडियम र राष्ट्र हाम्रा विरुद्धमा थिए। हामीले पनि राम्रो फुटबल खेल्यौं। तर, यो फुटबल हो, यहाँ यस किसिमका नतिजा आउँछन्,’ फ्रान्सका प्रशिक्षक हर्भे रेनार्डले भने,‘अस्ट्रेलियालाई शुभकामना छ। आज हामीले जेजस्तो खेल्यौं त्योभन्दा पनि माथि हुन सक्थ्यो। तर, हुन सकेन।’ अस्ट्रेलियाले विजय प्राप्त गरे पनि उसका स्टार खेलाडी एवम् कप्तान साम केर सुरुमा बेन्चमा सीमित भइन्। तर, दोस्रो हाफको सुरुआतमा नै उनी मैदानमा आइन् र पेनाल्टी सुटआउटमा पनि सफलता पाइन्।  

प्रकाशित: २८ श्रावण २०८० ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App